काठमाण्डौँ । ललितपुरको गोदावरी नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।
नगरपालिकाले नगरबासीहरुको आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो ।
नगरपालिकाका अनुसार लक्षण देखिएका व्यक्तिहरुको आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने छ ।
नगरप्रमुख गजेन्द्र महर्जनले लक्षण देखिएकाहरुको नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने जनाएका छन् ।