२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षणका लागि नौमती बाजा हस्तान्तरण

अ+ अ-

स्याङ्जा । परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ ।

विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ-१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य खुशी भएका छन् । कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला नौमती बाजा पाएपछि उनीहरु खुशी भएका हुन् ।

आफ्नो परम्परालाई जोगाइराख्नुपर्छ भनेर लागेका ७० वर्षीय डिलबहादुर दमाइले वडा कार्यालयले बाजा उपलब्ध गराएकामा निकै खुशी लागेको बताए । बाह्र वर्षको उमेरदेखि बाजा बजाउन शुरु गरेको उनले भने, ‘मैले सानै उमेरदेखि बाजा बजाउन शुरु गरेँ, ७० वर्षको उमेर हुँदासम्म पनि बजाउन छाडेको छैन, अहिले पहिला–पहिलाभन्दा बाजा बजाउने चलन कम हुँदै गएकाले समूहमा आवद्ध भएर परम्परागत बाजाको संरक्षणमा लागेका छौँ ।’

आफूहरुसँग भएका पुराना बाजा जीर्ण भएकाले समस्यामा परेको बेला नयाँ बाजा पाउँदा खुशी लागेको रमेशबहादुर दमाइले बताउछन् । वडाध्यक्ष आनन्द पाठकले परम्परा र संस्कृतिको संरक्षणसँगसँगै दमै समुदायलाई आयआर्जनमा सहयोग पुगोस् भनेर नौमती बाजा हस्तान्तरण गरिएको बताए।

वडासचिव लुमाकान्त भट्टराईले रु एक लाख ८० हजार बराबरको नौमती बाजा हस्तान्तरण गरिएको जानकारी दिए । नौमती बाजा बजाउनका लागि प्रयोग गरिने सनाइ, ढोलक दमाहा, कर्नाल, ट्याङ्को, झुर्मालगायतका सामग्री रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस