काठमाडौँ । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ।
पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।
थापाले सामाजीक संजालमा आफ्नो पोष्ट सर्वजनिक गर्दै लेखेका छन्, खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा बरु संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन भन्दै सरकारलाई व्यङ्ग्य गरेका छन्।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नू’ ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’