१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा सदस्य भट्टलाई कोरोना, वडाअध्यमा पनि सङ्क्रमण

अ+ अ-

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनले भने,‘गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताए ।

गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए । उनका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यसैबीच जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीय महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको र ३० वर्षीय पुरुष भने काठमाडौँबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। कोरोना पुष्टि हुने सबै होम क्वारेन्टिनमा रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरु सबैमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस