१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

अ+ अ-

म्याग्दी । कोरोना भाइरस(कोभिड-१९) को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ ।

इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् ।

कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् ।

कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताए । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

‘गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उनलाई कटुवाल नियुक्त गरिएको छ’, थापाले भने, ‘गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।’ कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पु¥याउने गरेको कटुवाल पूर्ण परियारले बताए ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्ला स्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउँपालिकाले तयार पारेको जिङ्गल (अडियो सन्देश) बजाएका छन् । भित्री बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालन गरिएको छ ।

कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेबापत सामुदायिक वनलगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन् ।

प्रतिक्रिया दिनुहोस