काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।