२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीको व्यवस्था सकारात्मक – पूर्वसचिव त्रिताल

अ+ अ-

काठमाडौँ । पूर्वसचिव शारदा प्रसाद त्रितालले प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीको व्यवस्थालाई सकारात्मक भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिमण्डल हेरफेरको विषयमा भईरहेका चर्चापरिचर्चाबारे आफ्ना धारणा राख्दै पूर्व सचिव त्रितालले मन्त्रिमण्डलका वरिष्ठतम सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोक्नु राम्रो काम हो भनेका हुन् ।

प्रधानमन्त्री ओलीले शुरुमै गर्नुपर्ने थियो भन्दै केही महत्त्वपूर्ण कार्यका लागि विश्वासपात्र र वरिष्ठतम मन्त्री आवश्यक हुने बताएका हुन् ।

‘मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो’ पूर्व सचिव त्रितालले भने ‘यो काम उहाँले सुरुमा नै गर्नु पर्ने थियो । किनभने प्रधानमन्त्रीलाई देहायका कार्य गर्न उहाँको विश्वासपात्र र वरिष्ठतम मन्त्री आवश्यक हुन्छ ।’

पूर्व सचिव त्रितालले प्रधानमन्त्री कार्यालयले गर्नुपर्ने आधा दर्जन जति महत्त्वपूर्ण कामहरूबारे उल्लेख गर्दै भनेका छन् ‘प्र म का देशको शासन सञ्चालनको केन्द्रबिन्दु हो । यो उच्चतम मन्त्रालय वा मन्त्रालयको पनि मन्त्रालय सुपर मन्त्रालय हो ।’ यसले सबै मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारको काम कारबाहीमा सम्बन्ध स्थापित गर्ने र समन्वय तथा सहकार्य गर्ने हैसियत राखेको हुने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयले नयाँ नीति वा कानुन बन्नु अघि व्यापक छलफल र विश्लेषण गर्ने थलो हुनुका साथै यसको संयोजन गर्ने कार्यमा प्रधानमन्त्रीलाई वरिष्ठतम मन्त्रीले सहयोग पुर्‍याउन सक्ने उनले बताएका छन् ।

त्यस्तै सुशासन ऐन लगायतका शासन सञ्चालन सम्बन्धी कानुनहरूको कार्यान्वयनमा संयोजन गर्ने कार्यमा सहयोग आवश्यक हुने, प्रदेश र स्थानीय सरकारसँग सम्बन्ध समन्वय र सहकार्य गर्ने कार्यमा संयोजन गर्नुपर्ने, राष्ट्रिय मूल नीति र क्षेत्रगत नीतिको कार्यान्वयनमा समन्वय र संयोजन गर्नुपर्ने र देशका महत्त्वपूर्ण विकास आयोजनाको अनुगमनको उच्चतम अनुगमन गर्नु आवश्यक हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको यो कार्यबाट सकारात्मक तीन वटा सकारात्मक आशा राख्न सकिने पनि उल्लेख गरेका छन् ।

सबैभन्दा पहिला उनले ‘बालुवाटारमा साँगुरिएको शासन व्यवस्था सिंहदरबार हुँदै देशैभरि फैलियोस्’ भनेका छन् । प्रधानमन्त्री कार्यालय हेर्ने उपप्रधानमन्त्री र नयाँ मुख्य सचिवको प्रयासले सुधारका सङ्केतहरू उजागर हुन सकुन् भन्ने उनको दोस्रो आशा व्यक्त गरेका छन् भने निराशामा बाँच्न विवश जनताले आफ्नो लागि सरकार पनि छ भन्ने महसुस गर्ने अवसर पाइयोस् भन्ने पूर्व सचिव त्रितालको तेस्रो महत्त्वपूर्ण आशा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस