काठमाडौँ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।
असोज २० गते स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
पाठकका अनुसार मृतक पुरुषको छातीमा पानी जमेको समस्या थियो ।