२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुर्था–जनकपुर–जयनगर रेल : स्थायी कर्मचारी भर्ना प्रक्रिया सुरु

अ+ अ-

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि स्थायी कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको छ । तत्काल रेल सेवा सञ्चालनका लागि करारमा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको रेलवे कम्पनीले अब स्थायी कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरेको हो ।

करारमा कर्मचारी नियुक्ति गर्दा करार अवधि समाप्त भएपछि समस्या उत्पन्न हुने भएकाले स्थायी कर्मचारी नै नियुक्त गर्ने गरी प्रक्रिया थालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ । रेल सेवा स्थायी रूपमा सञ्चालन गर्नका लागि स्थायी कर्मचारी नै आवश्यक पर्ने भएकाले करारमा कर्मचारी राखेर पछि हटाउँदा विभिन्न समस्या आउन सक्ने स्रोतको भनाई छ ।

करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणी आउन सक्ने तथा कर्मचारी भर्नालाई विवादरहित बनाउन र रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकै पटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको हो ।

यसअघि, छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो  । कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ पदमा १२९ जना करार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । असोज १२ गतेसम्म दरखास्त दिने अन्तिम म्याद तोकिएको थियो । जसमा ३२ हजार ६८६ जनाले करारका लागि आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार स्थायी कर्मचारी भर्नाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लोक सेवा आयोगबीच अहिले अन्तिम चरणको छलफल भइरहेको छ । यसै हप्ताभित्र टुङ्गो लाग्नेछ । अहिले करारका लागि आवेदन दिएकाहरू स्वतः सहभागी हुनेछन् । अन्य इच्छुकका लागि पुनः दरखास्त आह्वान गरिनेछ । सबैको परीक्षा प्रक्रिया एकैसाथ सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस