धरान । कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा थप दुई जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका एक-एक जना पुरुष रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको निधन भएको सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए ।
मृत्यु हुने दुबैमा मृगौला समबन्धी रोग रहेको उनको भनाइ छ । योसंगै सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।