काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ ।