१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ट्राफिक टोकन

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य-मुख्य व्यवहारिक र जीवन उपयोगी बुँदाहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन उपत्यकाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ ।

महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तीय संस्था, स्थानीय तहका कार्यालयहरूमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्ने कार्यको थालनी गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनको लागि जनचेतना जगाउँदै चालकहरूलाई आफ्नो जिम्मेवारी बोध गराई सडक सभ्यतालाई जीवन पद्धतिको रूपमा विकास गर्न यो अभियान सुरु गरेको बताए।

‘ट्राफिक व्यवस्थापनका मुख्य तीन आधार प्रविधिसहितको सडक पूर्वाधार, कानुन कार्यान्वयन र सडक सचेतना मध्ये सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि एक प्रमुख आधार हो’ ढकालले भने, ‘चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एवं सडक सभ्यतामा सुधार गर्नको लागि सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमहरू जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा थप सहयोग हुने भएकोले यस्तो ट्राफिक प्रतिबद्धता सम्बन्धी टोकन राखिएको बताए।

ट्राफिक महाशाखाको पहलमा काठमाडौँ महानगरपालिकाको सहकार्यमा बढी सेवाग्राही आउने कार्यालय, प्रतीक्षालय, नागरिक सहायता कक्षहरूमा राख्न ४०० थान ट्राफिक प्रतिबद्धता टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउण्ड तथा भिडभाड हुने स्थानहरूमा राख्नको लागि ५० थान ट्राफिक प्रतिबद्धता सम्बन्धी सूचनामूलक बोर्डहरू निमार्ण गरिएको महाशाखाले जनाएको छ ।

सबै पक्षले सडक अनुशासन, मर्यादा र धैर्यता कायम गरी एकअर्कोको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य हो भन्ने मूल मन्त्र लिई सडकको उचित प्रयोग गर्दा दुर्घटनाको सम्भावना कम हुने र आफू र आफन्तजन सुरक्षित हुने भएकोले सदैव ट्राफिक नियमको पालना गर्न समेत ट्राफिक महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस