काठमाडौं । गृहमन्त्री सचिवालयका एकजना सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयका अन्य केही अधिकारीहरु पनि कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।
उनलेले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन भनेका छन् ।