काठमाडौं । महाराजगञ्जको जोडियाक गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले छापा मारेर ठूलो मात्रामा सामान बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार गोदाम सञ्चालकसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोइया, लेखापाल मुकेश रौनियार र अर्का कर्मचारी अनिल मगर रहेका छन् ।
गोदामबाट बिष्कुट, तेल, डाइपर टिस्यु पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रेको सामना पनि बरामद भएको छ । गोदामबाट उनीहरुले नयाँ प्याकेटमा पुरानो म्याद सकिएका सामान बाहिर पठाउने गरेको प्रहरीको भनाइ छ ।