काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछापका डिएसपी बसन्त पाठकले बताए ।
काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको ना ७ त ८७३ नम्बरको ट्याक्टर सोमबार साँझ सानो शैलुङ स्थित भित्री सड्कबाट २ सय मिटर तल खसेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।