काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य रु ४ सय ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकमा अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो ।यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।