२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका ३० वडामा सचिव अभाव, सचिव नहुँदा कामकाज प्रभावित

अ+ अ-

बैतडी । वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव अभाव रहेको छ ।

वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गरिरहेका छन् ।

पुर्चौंडी नगरपालिकाका १० मध्ये नौ वडामा सचिव छैनन् । ती वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए । उनले भने, ‘वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।’

यस्तै डिलाशैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरु वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाको पनि ७ नम्बरमा मात्रै सचिव छैनन् भने अरु सबै वडामा सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । सिगास गाउँपालिकाको वडा नं, ४, ७ र ९ गरी तीन वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नं वडामा पनि सचिव नरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । यस्तै पञ्चेश्वर गाउँपालिकाका छमध्ये वडा नं २, ४ र ५ मा सचिव नरहेका गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । शिवनाथ गाउँपालिकाको वडा नं ४ बाहेक सबैमा सचिव रहेका गाउँपालिकाले जनाएको छ । मेलौली नगरपालिकाका नौमध्ये तीन वडामा सचिव छैनन् । वडा नं १, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ ।

वडाहरुमा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ । स्थानीय बासिन्दाले समयमै सेवा नपाएको समेत गुुनासो गर्ने गरेका छन् । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी ८४ वडा छन् ।

प्रतिक्रिया दिनुहोस