४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

अ+ अ-

तनहुँ । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो ।

जिल्ला समन्वय समितिले यस अघि बन्द गर्न निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएकोले बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो । बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै शर्त पूरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई पत्र पठाउने निर्णय गरेको छ ।

त्यसैगरी उक्त समितिले व्यास नगरपालिका क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन तथा ओसारपसार कार्य तीब्र भएको भन्दै उत्खननलाई बन्द गर्न निर्देशन दिएको छ ।

आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको देखिएकोले तत्काल रोक्न व्यास नगरपालिकामा लेखी पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ । बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस