४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि देशभर सहुलियत मूल्य पसल सञ्चालनमा

अ+ अ-

काठमाडौँ । सरकारले आजदेखि देशभर सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याउँदै छ । दशैँ, तिहार र छठलाई लक्षित गरी उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाका १६ स्थानसहित देशभर ६५ वटा यस्ता सहुलियत मूल्यका पसल सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसै गरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीन वटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, बासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने बताइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यस्तै च्याङ्ग्रा र खसी बोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु. १० छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवस्था गरेको छ । सरकारले कोरोना जोखिममा भिडभाड कम होस भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । यस्तै काठमाडौँमा तीन वटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संस्थानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।

प्रतिक्रिया दिनुहोस