काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ४ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।