२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव स्वास्थ्यमा धूम्रपानले निम्त्याएको समस्या

अ+ अ-

स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पत्ति हो । असल स्वास्थ्य बिना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्षहरू हुन्छन् । प्रतिकारात्मक, प्रवर्द्धनात्मक वा उपचारात्मक सबै पक्षहरूको महत्त्व असल स्वास्थ्य प्राप्तिको निम्ति उतिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तीनै पक्षहरूलाई समेट्नु पर्दछ । हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषयकोरुपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ ।

धूम्रपान भन्नाले धुमपान वा धुवाँ सेवन भन्ने साधारण अर्थमा बुझिन्छ । धुवाँ सेवन भनेको चुरोट, तमाखु, सुर्ती, गाँजा वा कक्कड वा कुनै पनि सुर्तीजन्य पदार्थमा आगो लगाएर त्यसबाट निस्केको धुवाँ सेवन गर्नु हो । जब मानव सभ्यतामा आगोको आविष्कार भयो, त्यति बेला देखि नै धुवाँको सुरुवात भएको मान्न सकिन्छ । बिस्तारै सुर्तीजन्य पदार्थमा आगो लगाएर सेवन गर्ने प्रचलनको पनि ऐतिहासिक कालदेखि नै शुरुवात भएको मान्न सकिन्छ । नयाँ संसार (अमेरिकी महादेश) मा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ ।

युरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको सुरुवात गरेका हुन्, जुन करिब १६ औँ शताब्दी तिर पर्दछ । अमेरिकी रेड इण्डियनहरुले धूम्रपान गर्ने नाली (पाइप)लाई “टोवागो” भन्दछन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे । विभिन्न उत्सव, समारोहमा शान्ति वार्ता हुँदा यस्तो धूम्रपान गरिन्थ्यो । कालान्तरमा यही बिरुवाको नाम निकोटिन रहन गयो । बिरुवाको पातको सेवनलाई लोकप्रिय बनाउने फ्रेन्च नागरिक ज्या निकोटको नामबाट निकोटियाना बन्न गएको हो । सुर्तीको बिरुवा सुरुमा युरोपमा औषधिको रूपमा भित्र्याइएको थियो । त्यति बेला पनि युरोपमा सुर्तीलाई राम्रो मानिएको थिएन । टर्कीमा धूम्रपान गर्नेहरूको लागि मृत्युदण्ड समेत दिने चलन थियो । रसियाका बादशाहले धूम्रपान गर्नेको नाक चिर्ने, कोर्रा लगाएर साइबेरियामा निर्वासित गर्ने तजबिज गरेका थिए ।

चुरोटको धुवाँमा शरीरलाई असर गर्ने चार हजार रासायनिक तत्त्वहरू रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्त्वहरू कार्वनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन् । हिन्दु वैदिक संस्कार अनुसार देवाधिदेव महादेव विष, भाङ, धतुरो खाई मात्तिएर बस्दथे भन्ने भनाई छ । प्रसङ्गहरूमा जब महादेव सुत्ने समय हुन्थ्यो वा कुनै नयाँ कार्य गर्नु परेमा भाङ भन्ने धूम्रपान गर्दथे भनिन्छ । हाल पनि गाँजा खाने मानिसहरू जोगीहरूसँग बसेर महादेवको बुटी भनी सेवन गर्दछन् ।

विश्वमा धूम्रपान अम्मलीहरूको ठुलो भाग दक्षिण पूर्वी एशियामा अवस्थित छ । विशेषतः नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको सङ्ख्या बढीमात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको सङ्ख्या अधिक मात्रामा छ । सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको सङ्ख्या नेपालमा अधिक मात्रामा रहेको छ । चुरोट, बिँडी, तमाखु सेवनका कारण दम, फोक्सोको रोग, अपच, फोक्सोको क्यान्सर जस्ता रोगहरू तथा सुर्ती सेवनका कारण गालाको क्यान्सर, मुखको क्यान्सर, दाँत तथा गिजा रोग आदि रोगहरू लाग्ने गरेका छन् । त्यसभन्दा बाहेक सुर्तीजन्य पदार्थको सेवनबाट महिला तथा पुरुषमा बाँझोपन समेत अधिक मात्रामा लागेको पाइन्छ । त्यस्तै देशमा अधिक मात्रामा रहेको क्षयरोग, मिर्गौलाको रोग, श्वासप्रश्वास सम्बन्धी रोग आदि धूम्रपानको उपज हो भन्नुमा कसैको दुई मत नहोला ।

विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार विश्वमा रहेको १.२ अर्व सुर्तीका अम्मलीहरूमध्ये पाँचौँ भाग अम्मलीहरू रहेको भारतमा मात्र सुर्ती सेवनका कारण वर्षेनी ६ लाख भन्दा बढी नाबालिक केटाकेटीहरू समेत सुर्तीका अम्मली भइसकेका छन् । यसको प्रभाव प्रत्यक्ष रूपमा हाम्रो देश नेपालमा पनि परेको छ । सुर्ती सेवनले गर्दा विश्वमा वर्षेनी करिब ५० लाख मानिसहरू मर्दछन् । सामान्यतया धूम्रपानका अम्मलीहरू विशेष गरी गरिबीहरूको कारणसँगै झुण्डिएको छ । मानिस गरिब भएपछि विविध पिर चिन्तामा डुब्ने गर्दछ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धूम्रपान गर्दछन् । जसबाट स्वास्थ्यमा असर पर्न गई पुनः बिरामी पर्दछ र पैसा खर्च गरेर उपचार गर्नु पर्दछ । यसरी धूम्रपान र गरिबीबिच चक्र चलिरहन्छ ।

गरिबीको कारणबाट रहेको निरक्षरता पनि धूम्रपानको अम्मली बनाउने प्रमुख तत्त्व हो । उदाहरणको रूपमा हाम्रो टोलका एक जना व्यक्तिले एक दिनमा कम्तीमा २० ओटा सूर्य चुरोट सेवन गर्दछन् भने अब उनको धूम्रपान खर्च हेरौँ । आजभोलि सूर्य चुरोटको मूल्य प्रतिगोटा रु.२० रहेको छ । एक दिनमा २०Χ२०‌‍‍‍‍‍‌=४०० रुपैयाँ, १ महिनामा (३०Χ४००)=१२००० रुपैयाँ, १ वर्षमा (३६५ Χ ४००) = १४६००० रुपैयाँ, अब यदि उसले १५ वर्षमा धूम्रपान सुरु गरेको भए, (६०–१५) वर्ष, ४५ वर्षमा जम्मा खर्च (४५Χ १४६०००) ‌‍‍‍‍‍=६५७०००० रुपैयाँ गर्दछ । जुन रकमले उनले आरामसँग जिन्दगी बिताउन सक्दछन् भने वृद्ध अवस्थामा दम, खोकी जस्ता रोगसँग जुध्नु पर्दैन । स्मरण रहोस् उक्त रकममा धूम्रपानबाट लाग्ने रोगमा खर्च हुने रकम समावेश गरिएको छैन ।

समाजमा धूम्रपानको अधिक अम्मली बनाउनमा प्रमुख भूमिका समुदायका अभिभावक वा प्रतिष्ठित व्यक्तित्वहरूको समेत रहेको पाइन्छ । जब हजुरबुबाले नातिलाई तमाखु भर्न सक्ने हुँदा नहुँदै हुक्का पाइप, पानी भर्न र चिलिममा तमाखु टाँस्न व्यस्त गराउँछन् र आफू सोखले नलिका मुख लगाएर गडगडाउँछन् । हामी कल्पना गरौँ । त्यो अबोध बाल मस्तिष्कमा कस्तो छाप पर्छ होला ? आमा मेलापात जाँदा सिरानीबाट चुरोट र सलाई झिकेर लगिदिने काम विद्यालय जानुभन्दा अघि छोरीको हुन्छ भने विद्यालयबाट फर्कँदा बेलुका बाबुआमालाई चुरोट र हजुरबुबालाई तमाखु किन्ने काम छोराको हुन्छ । एउटी आमा जो अबोध दुधे बालकलाई दूध चुसाउँदै बिडीको धुवाँ उडाइरहेको हुन्छिन् । समाजका भद्र भलादमी चौतारीमा बसेर अरूको झगडा छिन्ने निहुँमा चुरोटको सर्को तानेर धुवाँसँगै एउटा निरीह व्यक्तिको हाँसो उडाउँछन् । पाँचतारे होटेलदेखि छाप्रे रेष्टुरेण्टसम्म १ बोतल बियर फोरेर दशौँ वटा चुरोट सल्काउँछन् र कोठामा बाक्लो कुहिरो फैलाउँछन् ।

यस प्रकारको वातावरणमा हुर्केको एउटा बालक अब कसरी धूम्रपानको अम्मली नबनी रहन सक्छ ? समुदायमा धूम्रपान गर्नेहरू मध्ये निरक्षरको सङ्ख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरतालाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभै समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ । राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनु भन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्त्व छ ? भनी बुझ्नु नितान्त जरुरी छ । समुदायका गुरुहरू जो अभिभावकसँग विद्यार्थीको असल भविष्यको कुरा गर्दा चुरोट तानिरहेका हुन्छन् र विद्यार्थीलाई कक्षामा धूम्रपान गर्नु हुँदैन भनिरहेका हुन्छन् ।

शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धूम्रपान विरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्दछ । धूम्रपान सुरुवात गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो । जुन अहिलेका बालबालिकाहरूको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको सङ्ख्या पक्कै नियन्त्रण गर्न सकिन्छ ।

विभिन्न व्यक्तिहरू समाजमा आफ्नै किसिमको स्वभाव लिएर जन्मेका हुन्छन् । त्यसैले त भनिन्छ– ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ हुन्छ । त्यस्तै मानिसका सोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिकरुपले स्वस्थ भएर बाँच्नको लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धूम्रपान गर्ने व्यक्तिहरू केही न केहीरुपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृतिहरू देखाई रहेको हुन्छ । धूम्रपानको असरलाई कम गर्न यसको विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेल जस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ ।

किशोर वयको समयमा धूम्रपानको सुरुवात गर्ने भएकोले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नु पर्छ । धूम्रपानको कुलतमा नफस्नको लागि धूम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनु पर्छ । विशेषतः आमाबाबु वा परिवारका ठुला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने हुनाले घरपरिवारमा ठुलाबडाले धूम्रपान गर्नु हुँदैन, पीर, चिन्ता हटाउन धूम्रपानले सहयोग गर्दछ भन्ने भ्रम हटाउनु पर्छ, धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सर जस्ता रोगहरू लाग्ने भएकोले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धूम्रपान विरोधी प्रचारप्रसार गर्नु पर्छ ।

धूम्रपान सम्बन्धी भड्किला विज्ञापनहरू छाप्न र प्रसारण गर्न बन्द गराउनु पर्छ । धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रमा परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे समयमै कार्यनीति बनाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले यो समस्या हल गर्न पहल गर्नु समयको माग हो ।

डा.अधिकारीले “नेपालमा गुणात्मक जीवनको निम्ति स्वास्थ्य, जनसङ्ख्या एवं वातावरण शिक्षामा गैर सरकारी संस्था एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको भूमिका” विषयमा विद्यावारिधि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस