काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा केन्द्रले हेर्ने भएको छ । सोमबार जारी भएको अध्यादेशमा उक्त व्यवस्था रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
यस्तै महानगरीय प्रहरी अपराध महाशाखाको नाम संघीय राजधानी अपराध अनुसन्धान कार्यालय बनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश गरेकी हुन्। संघीय राजधानीको सुरक्षाको जिम्मेवारी प्रदेशलाई दिँदा समस्या हुन सक्ने भन्दै ऐन संशोधन गरिएको गृहले जानकारी दिएको छ ।
यसअघि उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालय बागमती प्रदेश मातहत रहनुपर्ने प्रस्ट थिएन।
यस्तै डीआईजीले कमान्ड गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नाम पनि फेरिएर संघीय राजधानी प्रहरी कार्यालय बनेको छ ।