काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।