३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली नोट दिई गहना किनेर फरार भएका २ जना पक्राउ

अ+ अ-

काठमाडौं । ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन रहेका छन् । उनीहरु दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको छ ।

उनीहरु दुवै जनामाथि ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

असोज १ गते उक्त ज्वलेर्सबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १–१ लाखको पाँचवटा बण्डल दिएका थिए ।

पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस