काठमाडौं । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबार प्रतितोला ९४ हजार ३ सय रहेको सुनको मुल्य बिहीबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मुल्य तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।