३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिलर भेटियो, सीमा विवाद सुल्झाउन सहज

अ+ अ-

सिमकोट । लामो समयदेखि हराएको भनिएको हुम्लामा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो ।

हुम्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेनासहितको टोलीले ११ नम्बर सीमा स्तम्भ फेला पारेको नाम्ख गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिएका छन् ।

अहिले नाम्खा गाउँपालिका वडा नम्बर ६ को लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आएको थियो ।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सिधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्क समेत नहुने उक्त स्थानमा प्रमुख जिल्ला अधिकारीको टोलीले नेपाली सेना, सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमा स्तम्भ खोजीमा पठाएको थियो ।

अशोज ३ गते शनिबार त्यस तर्फ गएको टोलीले बुधबार उक्त सीमा स्तम्भ भेट्टाएको अध्यक्ष लामाले बताए । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो । प्रजिअको टोली अझै सम्पर्कमा आउन सकेको छैन । अध्यक्ष विष्णु बहादुर लामाले लोलुङजोङमा बनाएका भवन चीनले आफ्नै भूमिमा दाबी गरेको भए पनि हराएको ११ नम्बर पिलर नपाउँदासम्म पत्याउन नसकिने बताएका थिए ।

उनले अब पिलर भेटिएकाले भवन कुन क्षेत्रमा बनेको हो भन्ने पत्ता लगाउन सहज हुने बताए । हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । ११ नम्बर सिमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरु बनाएको भनेर विवाद उत्पन्न भएको थियो ।

नेपाली सिमानामा चीनले भवनहरु बनाएको जानकारी पछि हुम्लाको सुरक्षाकर्मी टोली सिमास्तम्भ अनुगमनमा गएको थियो । सिमास्तम्भ भेटिए पनि लोलुङचोङ क्षेत्र नेपाल या चीन सिमानामा पर्छ भन्ने बारे यकिन भइसकेको छैन । अनुगमन टोली फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार थप अध्ययन गरेर लोलुङ्चोङ क्षेत्रको यकिन हुने जनाइएको छ । हुम्लामा १५ वटा सीमा स्तम्भ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस