काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पुरिएर ५ जना बेपत्ता भएका छन् ।
लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोमा परेर दुई घर पुरिएको प्रहरीले जानकारी दिएको छ ।
तीन दिन देखि परेको अविरल वर्षाका कारण पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको र घटनाको पुर्ण विवण आउन बांकि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले बताए ।