२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

अ+ अ-

काठमाडौं । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् ।

कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन् ।

पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले त्यही राति थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए ।

राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै सङ्केत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए। जैसवालको असोज ५ गते पिसिआर परीक्षण गरिएको थियो । उनका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

तीन दिनदेखि शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया शुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक सेञ्चुरीले बताए । रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका सङ्केत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो । वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले स्पष्ट पारे ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बाँस्कोटाले बताए । कारागारभित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो । शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन् ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस