कास्की । सरकारी निर्णय उल्लङ्घन गरी पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी सञ्चालन गर्ने होष्टल सञ्चालिका पोखरा महानगरपालिका–८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई मङ्गलवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरू, बढी भिडभाड हुने स्थानहरू सञ्चालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।