ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जना मृत्यु भएको छ ।
ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति २:१५ बजे मृत्यु भएको हो। गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो। उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो। उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए।
अहिले दुबै मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।