विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको बुधबार बिहान मृत्यु भएको हो।
अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले दिएको जानकारी अनुसार झापाको भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५:५० बजे मृत्यु भएको हो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो। त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए
उनका अनुसार वृद्धलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या थियो।
कोइरालाका अनुसार मृतकमा मधुमेहको पुरानै समस्या रहेको थियो ।