८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस संसदीय दलद्वारा भत्सना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्सना गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापतिलगायत नेताकार्यकर्तालाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन् ।

‘प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते भएका छन्। जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीका दायरामा ल्याउन माग गर्दै उनले ज्ञापनपत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस