८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारबाट भएका गैरउत्तरदायी कार्य विरुद्ध खबरदारी गर्न काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्र्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको छ ।

काँग्रेस संसदीय दलले छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न सो निर्देशन दिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

काँग्रेसले सरकार, मन्त्रालय र मातहत निकायबाट भएका बेथिति, अनियमिता, भ्रष्टाचारको जानकारी र निगरानी राख्ने, त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्ष दलको कर्तव्य भएको उल्लेख गरेको छ ।

विगत ६ महिनाभन्दा बढी समयदेखि कोरोना भाईरसको सङ्क्रमणका कारण सिङ्गो मुलुक आक्रान्त रहेको अवस्थामा उद्योग व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात, पर्यटन, वित्तिय क्षेत्र लगायतका सबै क्षेत्र ठप्प रहेका छन् । हाल आंशिक रुपमा केही व्यवसाय सञ्चालन भएता पनि सबै व्यवसाय सञ्चालनको वातावरण बनि सकेको छैन । यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोरीरहेका छन् ।

काँग्रेसले यस्तो विषम एवम् दुःखद परिस्थितिमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको भन्दै र हाल सदन चालु नरहेको अवस्थामा जनताका समस्याबारे आवाज उठाउन र सरकारलाई प्रत्यक्ष रुपमा खबरदारी गर्न समन्वय समितिका संयोजकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस