२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज ४ देखि काठमाडौं प्रशासनले बारअनुसार सेवा दिने, कुन बार के सेवा ?

अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना नियमित सेवाहरु असोज ४ गतेबाट पुन: संञ्चालन गर्ने भएको छ। यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले यसअघि साउन २५ देखि केही सेवाहरु स्थगित गरेको थियो। प्रशासन कार्यायले बिहीबार सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।

कार्यालयमा भिड हुन नदिन सेवाग्राहीलाई स्थानीय तहअनुसार सेवा लिने बार तोकिएको छ ।

प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी तालिका बनाएको छ ।

नागरिकता प्रमाणपत्र,नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र,राहदानी, हातहतियार दर्ता नवीकरण आदि सेवा लिन आइतबार काठमाडौं महानगरपालिका,सोमबार कीर्तिपुर, नागार्जुन, चन्द्रगिरी नगरपालिका, मंगलबार काठमाडौं महानगरपालिका, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकामा तालिका मिलाइएको छ।

यस्तै पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिनेछ।

यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस