काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।
कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो (मङ्गलबार)साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
उनका अनुसार महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । ‘अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ’, उनले भने ‘अहिले उनको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।
महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।