काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ।
प्राधिकरण स्रोतको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।
‘प्राधिकरणमा उहाँलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘आज रातिसम्म क्याबिनेटले उहाँलाई पुन: नियुक्तिको निर्णय गरेन भने भोलि उहाँ प्राधिकरण आउनु हुन्न।’
घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए।
ऊर्जा मन्त्रालयले घिसिङलाई पुन: नियुक्ति दिने प्रस्ताव मन्त्रिपरिषदमा नपुर्याएको स्रोतको दाबी छ।‘पुन: नियुक्तिको प्रस्ताव गएको छ/छैन पनि थाहा छैन,’ ।