काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग निर्माण अन्तर्गत काक्कडभिट्टा–इनरुवा खण्डको विवादित ठेक्का स्थगित भएको छ ।
रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।
सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन आह्वान गरेका ५४ वटा प्याकेजमा गरिएका सबै ठेक्का अब स्थगित भएका छन् ।
रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमा ठेक्का दिने गरी टेन्डर आह्वान गरेको थियो ।