२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा दिवस : सनातनी कि नवीन उत्साह ?

अ+ अ-

निजामती सेवा सरकारको नीति कार्यान्वयन गर्ने आम नागरिकको घर दैलोमा सरकारको प्रतिनिधित्व गर्ने माध्यम हो । संसारमा विभिन्न आरोह अवरोह पार गर्दै आज सम्म आइपुगेको छ । इष्ट इन्डिया कम्पनीमा यसलाई गैर सैनिक समूहको रूपमा चित्रित गरिन्थ्यो । नेपालको संविधानमा निजामती सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालको कर्मचारी सेवाको पद तथा निजामती सेवाको पद होइन भनी एन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरू सबै सेवा को पद सम्झनु पर्छ । यसरी नेपालको संविधानमै निजामती सेवाको विषयमा स्पष्ट उल्लेख गरेको छ । गैर सैनिक प्रकृतिको योग्यता प्रणालीमा आधारित सेवाको कानुनी व्यवस्था वृत्ति विकासका आधारहरू निश्चित सेवा सुविधाहरू व्यवसायिक राजनैतिक तटस्थता जीवित संविधान सरकारको संस्थागत संयन्त्र सार्वजनिक सेवा प्रति प्रतिबद्ध निश्चित सेवा सुविधा निजामती सेवाका विशेषता रहेका छन् ।

• निजामती सेवाको इतिहास केलाउँदा प्राचीन चीनको हान वंशसम्म पुग्न सकिन्छ । त्यो समयमा सरकारी कामकाज गराउन प्रतियोगितात्मक प्रतिस्पर्धाद्वारा निजामती कर्मचारीहरूको नियुक्ति गरिन्थ्यो। आधुनिक इतिहासको कुरा गर्दा संयुक्त राज्य अमेरिकाको लुट तन्त्रबाट योग्यतामा आधारित निजामती सेवा स्थापित भएको समयलाई लिइन्छ। सन १८८३ मा अमेरिकामा पेन्डेल्टन सिभिल सर्भिस एक्ट जारी भई योग्यतामा आधारित निजामती सेवाको श्री गणेश संयुक्त राज्य अमेरिकाबाट भयो। बेलायतमा पनि निजामती सेवामा कुलिन तन्त्रको बाहुल्यता थियो । नर्थ कोट र ट्रेभेलियनको प्रतिवेदन पश्चात् सन १८५५ मा लोक सेवा आयोगको स्थापना भयो यही समय देखि बेलायतमा पनि योग्यतामा आधारित निजामती सेवाको प्रारम्भ भयो ।

नेपालमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण पश्चात् को शाह काल राणा काल को अन्त्य सम्म छ घर छ थर को निजामती सेवामा बाहुल्यता भयो । बिस २००७ को क्रान्ति पश्चात् बिस २००८ मा लोक सेवा आयोगको स्थापना भयो । बि.स. २००९ मा प्रशासन सुधारको लागि बुच आयोग गठन भयो । बिस २०१३ भदो २२ गते तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको नेतृत्वमा निजामती सेवा एन जारी भयो । यसैले एन जारी भएको पवित्र दिनलाई निजामती सेवा दिवसको रूपमा मनाइने गरिन्छ । नेपालमा बि.स. २०६१ साल देखि निजामती सेवा दिवस प्रत्येक वर्ष मनाउने गरिएको छ ।

यो वर्षको निजामती सेवा दिवसको नारा स्वच्छ र सक्षम निजामती प्रशासन संबृद्दि र सुशासन रहेको छ । सरकारको मुख्य विकासको मन्त्र ‘सुखी नेपाली समृद्ध नेपाल’ रहेको छ । नेपाल राष्ट्रमा संबृद्दी ल्याउन सुशासनको प्रत्याभूति दिन निजामती सेवा निजामती कर्मचारीहरू कर्मचारी प्रशासन सक्षम सबल सुदृढ भए मात्र सम्भव छ । विगतमा निजामती सेवाको दिन सरकारबाट केही नवीन कार्यक्रम कार्य योजना घोषणा हुने गरेको थियो । हालैका वर्षहरूमा निजामती सेवा दिवसको नारा तय हुने निजामती सेवा नियमावलीमा भएको सर्वोत्कृष्ट निजामती पुरस्कार उत्कृष्ट निजामती पुरस्कार निजामती पुरस्कार घोषणा गर्ने एक किसिमको सनातनी शैलीको रूपमा जान थालेको देखिएको छ ।निजामती कर्मचारीहरूमा नवीन उत्साह आउन नसक्नु मा कारणहरू यस प्रकार छन् ।

• अवैज्ञानिक समायोजन संविधानको भावना अनुसार सङ्घीयतामा तीन तहको सरकारमा हाल भएको निजामती कर्मचारीहरूलाई समायोजन गरिने उल्लेख थियो। समायोजन कानुन बनाउँदा विभेयुक्त कानुन बनाइयो । साबिक निजामती सेवा एन अनुसार सेवा प्रवेश गरेका कर्मचारीहरूलाई स्थानीय प्रदेश संघ जहाँ समायोजन भए पनि मापदण्ड अनुसार सरुवा हुने योग्यता क्षमता अनुसार बढुवा हुन सक्ने आधारभूत मान्यतालाई तिलाञ्जली दिएर सङ्घमा समायोजन हुने २४ क्यारेट प्रदेश र स्थानीयमा जाने २२ क्यारेटको दर्जा प्रदान गरियो स्थानीय प्रदेशमा समायोजन भएर जाने कर्मचारीहरूलाई खुसी उत्साहित बनाएर पठाउनु पर्नेमा राणाकालीन कालापानी पठाउने शैलीमा पठाइयो । अहिले पनि समायोजन भएर गएका कर्मचारीहरूको वृत्ति विकास सरुवा बढुवा को विषय अन्योलमा छ ।

• सन्तति शिक्षाको छात्रवृत्ति विगतमा कर्मचारी सन्ततीहरुलाई उच्च शिक्षा अध्ययनमा कर्मचारी सन्तति छात्रवृत्ति प्रदान गरिँदै आएकोमा विगत केही वर्ष देखि उक्त व्यवस्था कार्यान्वयनमा आएको छैन । यसबाट धेरै निजामती कर्मचारीहरू उनीहरूका प्रतिभावान् सन्ततिहरू मर्कामा परेका छन् । विगतमा धेरै कर्मचारीहरू लाभान्वित भैसकेका छन् हाल कार्यक्रम रोकिदा कर्मचारीहरुबिच विभेद भएको छ । धनकुटा सुर्खेत लगायत स्थानमा निजामती कर्मचारीहरूको सन्ततिकोलागि विद्यालय सञ्चालन गर्ने कार्यक्रम पनि कार्यान्वयनमा आएको छैन ।

• स्वास्थ्य सेवाको समस्या निजामती कर्मचारीहरू देशको कुनाकन्दरामा सेवा प्रवाह गरिरहेका छन् । निजामती अस्पताल राजधानीमा मात्र रहेको छ । निजामती अस्पतालमा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध छन् तर अत्याधुनिक सेवा सुविधा निजामती अस्पतालमा छैनन्। बाहिर भएका अस्पतालहरूमा पनि कर्मचारीहरूलाई निजामती अस्पतालले प्रदान गरेको सहुलियत पाउन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निजामती अस्पतालको सेवालाई अत्याधुनिक बनाउने सबै किसिमको सेवा पाउने निजामती अस्पताल बनाउन सके निजामती कर्मचारीहरूको स्वास्थ्य सुरक्षा हुने थियो ।

• ऐन कानुनको अनिश्चितता हालसम्म सङ्घीय निजामती सेवा ऐन जारी भएको छैन । विगतमा भएका व्यवस्था हटाउने कुरामा अत्यधिक बहस भएको पाइन्छ । विगतमा अभ्यास भएका खुला प्रतिस्पर्धा आन्तरिक प्रतिस्पर्धा हटाउने बहसबाट प्रतिभावान् कर्मचारीहरूको मनोबल ह्रास भएको पाइन्छ । विगतमा भएका असल अभ्यासलाई यथावत् राखी समायोजनमा भएका त्रुटिलाई सम्बोधन गर्ने किसिमले संघीय निजामती सेवा एन यथाशीघ्र जारी हुन मनासिब देखिन्छ ।

• कोभिड १९ को विश्वव्यापी महामारीको वर्तमान समयमा राज्यको थप भूमिका बढाउन आवश्यक देखिएको छ । राज्यको सेवा सुविधा नागरिकलाई प्रवाह गर्ने माध्यमा नै निजामती सेवा हो । नेपालमा पनि विगतमा द्वन्द्व समयमा होस् वा हाल कोरोनाको महामारीमा होस् बाढी पहिरो विपदमा जनताको घर दैलोमा निजामती सेवाको उपस्थिति रहेको छ । नेपालको निजामती सेवालाई सक्षम सुदृढ बनाए मात्र राज्यले लिएको विकास सम्बन्धी मूल मन्त्र सुखी नेपाली समृद्ध नेपालको नारा पुरा हुनेछ । आजको दिनमा समग्र निजामती सेवा नयाँ आशाको किरण प्रवाह हुन सकोस् ।

उपाध्याय खोप सुपरभाइजर अधिकृत हुन्

प्रतिक्रिया दिनुहोस