२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसेवक !

अ+ अ-

हो, जनता र राष्ट्रको सेवामा तल्लीन
निष्ठा र इमानले काम गर्ने
विधिको पालना गर्ने
असल व्यवहार गर्न जान्ने
आचारसंहिता मान्ने
सबैलाई समान ठान्ने
म एक सच्चा राष्ट्रसेवक।

जनताको सेवा गर्न
न मलाइ भूगोलले छेक्यो
न सुगम र दुर्गमको सीमाले रोक्यो
न त प्राकृतिक विपद्का बाछिटाले
तराइ पहाड हिमाल निरन्तर दौडिरहे
न बस्ने बासको टुङ्गो भयो
न खाने गाँस र कपासको
रमाइयो यसमै मनैदेखि
लाभ स्वार्थ र प्रलोभनले कहिले छुँदैन
जनताको सेवाको कुनै मूल्य हुँदैन।

मलाइ बारम्बार भन्ने गर्थ्यौ
तिमिजस्तो मान्छे त विदेश जानुपर्ने
नाफाको व्यवसायमा लाग्नुपर्ने।
जरुर साथी कुनै दिन विदेश पनि जाउला
समुद्रको छालमा रमाउला
ठुला ठुला महल अगाडि सेल्फि हानौला
तर अहिले परिस्थिति फरक छ
देसलाई हाम्रो खाँचो छ
यसमा नाफा घाटा समयले नै बताउला
पैसाको थुप्रोले खुसी छुँदैन
जनताको सेवाको कुनै मूल्य हुँदैन।

कहिलेकाहीँ भन्ने गर्थ्यौ नि साथी
बालबच्चा हुर्काउँछौ कसरी
उस्तै महँगो छ गर्नलाई ओखती
कति कमाइ हुन्छ र तिम्रो पेसामा
रोज्छौ जागिर आफ्नै देशमा ?
कमाइको कुरा नगरौँ साथी
जागिरमा कमाइ हुँदैन तलब हुन्छ
त्यो पनि जनताको पसिनाले भिजेको
जिन्दगीको हिसाब किताब त गर्दै गरौला
सपनाको उचाइलाई पैसाले छुँदैन
जनताको सेवाको कुनै मूल्य हुँदैन।

कोही सङ्घमा छौँ होला
कोही प्रदेश त कोही स्थानीय तह
जो जहाँ जुन अवस्थामा रहे पनि
नेपाल र नेपालीकै सेवामै त हो नि
आखिर उद्देश्य एउटै त हो
सेवालाई घरदैलोमै पुर्‍याउन
नसोध कहाँ फाइदा बढी
कहाँ फाइदा कम
कहाँ राम्रो कहाँ नराम्रो
कहाँ सुविधा धेरै कहाँ कम ?
किनकि
जनताको सेवाको कुनै मूल्य हुँदैन ।

हो कमीकमजोरी जरुर छन् साथी
सुधार्नु छ समयसँगै
मेटाउनु छ काला दागहरू
विश्वसनीय बनाउनु छ अझै धेरै
पेसा र संस्थाको हित गरी
न मायाले मात्तिन्छौँ
न गुनासोले आत्तिन्छौँ
लोभ लालच र स्वार्थ त्यागी
कुनै फलको आस नगरी
रहन्छौ हर प्रहर राष्ट्रको सेवामा
किनकि
जनताको सेवाको कुनै मूल्य हुँदैन।

जसोतसो गुजारा चलेकै छ साथी
न कसैलाई कमाएर पुग्यो भन्ने दिन आउँछ
न त कमाएको चिहानमा सँगै लैजान मिल्छ
परिवार इष्टमित्र र समाजले माया दिओस्
ठुलो अपेक्षा केही नराखोस्
सधैँ इज्जत र खुसीको जिन्दगी होस
हुनु छैन कसैको नजाती
बस यति भए पुग्छ साथी
जनता सन्तुष्ट भएको पल
हामी खुसीको दियो बालौला
नसोध्नु के कति खर्च
बचत कति छ भनी
जनताको सेवाको कुनै मूल्य हुँदैन।

प्रतिक्रिया दिनुहोस