१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा एपोलो ट्रमा सेन्टरको शुभारम्भ

अ+ अ-

मङ्गलबारे । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका-६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब रु ४ करोडको लगानीमा सञ्चालन आएको सो सेन्टरमा चार जना विशेषज्ञ चिकित्सकसहित ३३ जना चिकित्सक र कर्मचारी कार्यरत छन् ।

अत्याधुनिक सेवा सुविधासहित सञ्चालित सो सेन्टरको आज सञ्चालक डा.सञ्जय शाहले एक कार्यक्रमका बीच शुभारम्भ गरे । निजी क्षेत्रबाट शुरु भएको सो सेन्टरमा हार्डजोर्नी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी एवम् फिजिसियनको सेवा सञ्चालनमा आएको छ । छिट्टै नै सघन उपचार कक्ष (आइसीयु) सहितको सेवा सञ्चालन गरिने बताइएको छ ।

एक मात्र सरकारी अस्पताल भएको इलाममा निजी क्षेत्रबाट अत्याधुनिक सेवा सुविधासहित अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य ज्वरो आउँदा समेत थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यताको अब अन्त्य भएको स्थानीयवासीको भनाइ छ ।

सामान्य उपचारका लागि पनि जिल्लावासीलाई झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जानुपर्ने समस्याको अन्त्यका लागि यो सेन्टर सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश चापागाईले बताए । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ र तेह्रथुमवासीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।

सो अवसरमा इलाम नगरपालिका- ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ४ का अध्यक्ष नुतनदेव दुलाल, नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष शिव गौतम, समाजसेवी धर्म गौतम, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ (दुर्गा)ले व्यापारभन्दा पनि सेवाको रुपमा अस्पताल सञ्चालन गर्न आग्रह गर्दै यसको निरन्तरताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस