सुनसरी । धरानमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका धरान-८ का ६८ वर्षीय पुरुषको आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
सापकोटाका अनुसार ती पुरुषलाई साउन २९ गते कोरोना पोजिटिभ देखिएपछि साउन ३० गते अस्पताल भर्ना गरिएको थियो ।
आईसीयूमा उपचार गराइरहेका ती वृद्धमा उच्च रक्तचाप, मधुमेह र स्वाशप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई ४ दिन अगाडि प्लाज्मा थेरापी गरेर उपाचार समेत गरिएको प्रवक्ता सापकोटाले बताए ।