काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित मिलन चोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् ।
शनिवार बिहान उनीहरूले होस्टेल सञ्चालकलाई गाली गलौचसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।
वानेश्वरस्थित सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एन्ड गर्ल होस्टेलका सञ्चालक रोहित रानालाई स्थानीयले धम्काएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले होस्टेल सञ्चालकलाई धम्काएको हो स्वास्थ्य क्षेत्रमा संलग्न संघसंस्थाले घटनामा सग्लनलाई कारवाहीको माग गरेका छन् ।
विषम परिस्थितिमा जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी राखिएको कारण नै होस्टेल सञ्चालक र स्वास्थ्यकर्मी धम्काउने कार्य निन्दनीय भएको चिकित्सकहरूको भनाइ छ ।