वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–५ का ७४ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना वीरगन्ज हेल्थ केयर अस्पतालमा बिहीबार बेलुकी पौने ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
ज्वरो र खोकीको समस्या ती वृद्धको बुधवार स्वाब सङ्कलन गरी जीन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृतकको कुनै ट्राभल हिस्ट्री नरहेको प्रशासन कार्यालयले जनाएको छ ।