२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिकले राजीनामा दिएपछि पुनःनिर्माणका काम प्रभावित

अ+ अ-

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् ।

उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन थालेपछि विशेषगरी भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने डरले प्राविधिकहरूले धमाधम राजीनामा दिन थालेपछि पुनःनिर्माणका काम प्रभावित भएको सो कार्यालयले जनाएको छ । भूकम्पले क्षति भएका निजी आवासको पुनःनिर्माण क्षेत्रका लागि ५२ प्राविधिकलाई नियुक्त गरिएको थियो ।

करारमा नियुक्त गरिएका ५२ मध्ये ३३ जनामात्रै काममा फर्किएकाले विकास निर्माणका काम प्रभावित भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार(को कार्यालय तनहुँले जनाएको छ । काममा फर्किन बाँकी रहेका १९ मध्ये १३ प्राविधिकले काममा नफर्किने जनाउँदै राजीनामा दिइसकेका छन् भने छ जनाले पनि राजीनामा दिने जानकारी गराइरहेको आयोजनाका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

प्राविधिकको अभाव हुँदा मापदण्डअनुरूप घर निर्माण भए/नभएको हेर्ने, निर्माणको आधारमा नेपाल सरकारले व्यवस्था गरेको अनुदान रकमको किस्ताबन्दीरूपमा भुक्तानीका लागि सिफारिस गर्नेलगायतका काम प्रभावित भएकोे छ । धेरैजसो प्राविधिक कर्मचारी कोरोनाबाट धेरै प्रभावित भएका तराईका जिल्लाका रहेका र उनीहरू काममा फर्कँदा क्वारेन्टिनमा बस्नुपर्नेजस्ता झन्झट भएकाले राजीनामा दिनेको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान गरिएको कार्यालयका नायबसुब्बा रामराज न्यौपानेले जानकारी दिए ।

तनहुँमा पछिल्लो समय कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा गरिएको छ भने अन्य तीन पालिका सिल गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार समुदायस्तरमा भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा छ, देवघाटमा दुई र बन्दीपुर एक गरी ३३ सङ्क्रमित छन् भने आँबुखैरेनी गाउँपालिका कार्यालयले पनि छिमेकी पालिकामा कोरोना देखिन थालेसँगै उच्च सतर्कता अपनाउँदै सिल गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट तनहुँमा पूर्ण क्षति भएका १४ हजार ३९५, आंशिक क्षति एक हजार ५६८ गरी कूल १५ हजार ९६३ लाभग्राही रहेको एकाइले जनाएको छ । लाभग्राहीमध्ये ९१ प्रतिशतले सम्झौता गरी पहिलो किस्ता लगेको, ६६ दशमलव २५ प्रतिशतले दोस्रो किस्ता लगेको र ६० प्रतिशतले तेस्रो किस्ता लगेको अयोजनाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस