१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जको सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै

अ+ अ-

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् ।

जदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसङ्ख्या रहेको छ । दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन् । अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् ।

कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए ।

‘भएको रासन, पैंसो सबै सकियो, काम गर्ने बातावरण पनि छैन’, उनले भने,’के गरेर गुजारा गर्ने हो भन्ने पीर छ ।’ स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने आफूहरु कोरोना महामारीका कारण समस्यामा परेको उल्लेख गरे । ‘खाने कुरा पनि छैन, काम पनि छैन, समस्यामाथि समस्या थपिएको छ’, अपाङ्गसमेत रहनुभएका परियार भन्नुहुन्छ, ‘कहीँकतैबाट खाद्यान्न सहयोग जुटाइदिनसके पुण्य काम हुनेछ ।’

गत वैशाखमा वडा कार्यालयलगायतका सङ्घसंस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले उनीहरु समस्यामा परेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले बताए ।

उनले तत्काल वडा कार्यालयबाट सहयोग गर्ने अवस्था नरहे पनि विभिन्न संघसंस्थामा सहयोगका लागि आफूले पहल गरिरहेकोे बताए । यो बस्तीमा माइती नेपाल नेपालगञ्जले पाँच दिनसम्म तयारी खानाको प्रबन्ध गरेको थियो । कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएका नागरिकलाई तयारी खाना वितरण कार्यक्रम अन्तर्गत गायत्रीनगरका ३०० नागरिकलाई खाना खुवाएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।

आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरुलाई केही महिनाअघिमात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ । डेढदशकअघिदेखिको बसोबासको किचलो अन्त्य गर्दै उनीहरुलाई वडा कार्यालयले नजिकैको खाली जग्गामा सारेको वडाध्यक्ष कार्कीले बताए ।

उनका अनुसार, वडा कार्यालयमार्फत उनीहरुलाई व्यवस्थितरुपमा जग्गा उपलब्ध गराएसँगै घर बनाउनका लागि रु ५० हजारसमेत प्रदान गरिएको थियो । वडा कार्यालयले उपलब्ध गराएको जग्गामा घर बनाएर बस्ने व्यवस्था मिलाइरहेका बेला कोरोना महामारी फैलिएपछि अहिले उनीहरुको विचल्ली भएको हो ।

प्रतिक्रिया दिनुहोस