१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

अ+ अ-

जेनेभा । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार १४७ को मृत्यु भएको छ ।

एसिया ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।

ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस