१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य : मुख्यमन्त्री भट्ट

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताए ।

प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।’

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गरे । उनले भने, ‘भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ ।’

मुख्यमन्त्री भट्टले संघीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताए । ‘हामीले सीमानाका सिल गरौँ र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा संघीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो’, उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौँ सङ्क्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो ।’

एउटै गाउँपालिकामा वर्षेनी एउटै किसिमका योजना बजेट पर्ने गरेको भन्ने पत्रकारको जिज्ञासामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले वर्षेनी एउटै योजनामा बजेट नहालेको र कहीँकतैबाट त्यसरी बजेट परेको भए तत्काल खारेज गरिनेसमेत बताए । उनले भने, ‘प्रदेश सरकारले जानीजानी एउटै योजनामा वर्षेनी बजेट हालेको छैन, कहीँकतै कुनै गलत तरिकाबाट बजेट गएको भए खारेज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस