२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसहित २३ जनामा कोरोना

अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसहित २३ जनामा कोरोना देखिएको छ । भानु नगरपालिकाका जनप्रतिनिधि रकर्मचारीसहित समुदायका २३ जनामा कोरोना सङ्क्रमण भएको हो ।

भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी रहेको बुझिएको छ ।

भानु नगरपालिका–१ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट १२२ जनाको स्वाब परीक्षण गरेको थियो । त्यसमध्ये शुक्रबार भानु नगरपालिका–१ का २० जनामा कोरोना पुष्टि भएको थियो ।

शुक्रबार भानु नगरपालिका–१ का २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार कोरोना सङ्क्रमित हुनेमा प्रहरी, कर्मचारी, मासु व्यवसायी, वर्कसपका कामदार, स्थानीयवासी लगायत छन् । शुक्रबार कोरोना पुष्टि भएकालाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ ।

नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिका पनि महामारीको चपेटामा पर्न सक्ने भएकाले थप सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस