३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटालेली फुजी स्याउ उत्पादनमा रमाउँदै किसान

अ+ अ-

सुर्खेत । यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ ।

जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । स्याउ बिरुवाको बीचमा कोसेबाली सिमी फलाइएको छ ।

जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा त्यससँग सम्बन्धित स्याउ किसान यतिबेलो निकै रमाइरहेका छन् । स्याउले रङ्ग, आकार र स्वाद दिइसकेको छ । जुम्ला एग्रो फार्म जुम्लाका व्यवस्थापक रेश्मा श्रेष्ठले मन्दिर परिसरको १० हजार वर्गमिटर क्षेत्रफलमा लगाएको दुई हजार २०० स्याउको बिरुवामध्ये एक हजार ७०० बिरुवा फलेको जानकारी दिइन् ।

‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको छ’, व्यवस्थापक श्रेष्ठले भनिन्,’यो वर्ष कम्तीमा १०–१२ टनसम्म उत्पादन हुने अनुमान गरेका छौं ।’ २०७३ साल फागुन ६ गते जुम्लामा ल्याई पुर्‍याउँदा प्रतिबिरुवा रु एक हजार ३०० परेको जनाउँदै उनले इटालियन फुजी स्याउमा लगानीअनुसार अब आम्दानी उठ्ने अपेक्षा गरिएको बताइन्।

जुम्ला एग्रो फार्मले रु २८ लाख ६० हजार र हाम्रो सहकारी प्रालिले रु १६ लाख ९० हजार लगानीमा लगाएको स्याउले निरन्तर आम्दानी दिइरहेको छ । यद्यपि जरा धेरै गहिरो नजाने भएकाले भिरालो जमीनमा यो स्याउको खेती त्यति सजिलो नहुने उनको भनाइ छ । व्यवस्थापक श्रेष्ठका अनुसार एउटा बिरुवामा १० देखि १५ केजी स्याउ फल्ने गर्दछ । गत वर्ष ‘ए’ ग्रेड स्याउको प्रतिकेजी रु १५० र ‘बी’ ग्रेडको प्रतिकेजी १०० का दरले बिक्री वितरण भएको स्याउबाट उक्त फार्मले यो वर्ष रु १२ देखि १८ लाख आम्दानी गर्ने देखिन्छ ।

हाम्रो सहकारी प्रालि जुम्लाका व्यवस्थापक सरोज शाहीले पोटिलो एवं त्यसको ओजन बढाउनका लागि असोज महिनासम्म स्याउ भण्डारण नगरिने जानकारी दिए । ‘हामीले पाँच हजार वर्गमिटर क्षेत्रफलको जमीनमा एक हजार ३०० फुजी जातका स्याउ लगाएका छौँ,’ व्यवस्थापक शाहीले भने,’त्यसमध्ये ८०० बिरुवामा स्याउ फल्दा आठ टन स्याउ उत्पादन हुने अनुमान गरेका छौँ ।’

गत वर्ष नै ‘ए’ ग्रेडको स्याउको बजार मूल्य प्रतिकेजी रु १५० थियो । यस वर्ष जुम्लामा अन्य स्याउ राम्रोसँग नफलेकाले फुजी स्याउको मूल्यमा वृद्धि भएर राम्रै आम्दानी हुने उनको भनाइ छ । उनका अनुसार सात/आठ टन स्याउ फलेमा यस वर्ष रु आठ लाखदेखि ११ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

लगाएकै वर्ष केही आम्दानी लिन सकिने विशेषताको स्याउ लगानी गर्नमै महँगो हुने भएकाले सामान्य किसानको पहुँच भने यो जातको स्याउसँग छैन । यसबाट व्यावसायिक तर साना लगानीका किसान निकै मर्कामा पर्दै आएको व्यवस्थापक श्रेष्ठले बताए । उनका अनुसार चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा रु ५०० अनुदान उपलब्ध गर्ने योजना बाहिर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस