५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशकै ठूलो सभाहल तनहुँमा

अ+ अ-

तनहुँ । गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेकोे छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले पाएको हो ।

व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माणाधीन उक्त भवनको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी देखिएको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । उक्त भवनमा प्लम्बिङ, बिजुली, पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ ।

बन्दाबन्दी खुलेसँगै उक्त भवनको निर्माणकार्य शुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्ररूपमा भवन निर्माणको काम भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र शहरी विकास तथा भवन निर्माण विभाग आयोजना व्यवस्थापन कार्यान्वयन एकाइ पोखराका सवइञ्जीनीयर अर्जुन सुवेदीले गत शुक्रबार निर्माणाधीन सभाहल भवनको अनुगमन गरेका थिए । विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण निर्माणकार्यमा ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस